काठमाडौं, १ साउन–नेपालका ख्यातिप्राप्त १६ जना कलाकारको स्वर रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ। गीतमा ख्यातिप्राप्त गायक गायिकाहरु राजेशपायल राई, प्रमोद खरेल, राज सिग्देल, अर्जुन पोखरेल, राजु परियार,मेलिना राई, कृष्ण काफले, अनिता चलाउने, बुद्ध लामा, निसान भट्टराई,किरण भुजेल, अस्मिता अधिकारी, प्रविन बेडवाल, समिक्षा अधिकारी लगायतको स्वर रहेको छ।

निर्देशक विधान कार्कीको निर्देशनमा तयार भएको विपत्तिले हार मान्छ यहाँ ‘मेरो देश नेपाल’ गीतको भिडियोमा रुविना अधिकारीसँगै गायक गायीका सबैले अभिनय गरेका छन्। गायिका अनिता चलाउनेको प्रस्तुतीमा डिभाईन म्युजिक तथा नेपसिनेको सहकार्यमा गीतको भिडियो तयार पारीएको हो।

गीतलाईअर्जुन पोख्ररेलले संगीत भरेका छन् भने अम्बिका शर्माको शब्द रहेको छ। राष्ट्रिय भावाना समेटिएको गीतको भिडियोलाई उत्सव दाहालले छायाँकन र विकाश दाहालले सम्पादन गरेकाहुन।

गीतले राष्ट्रियताको आवाज बोलेको निर्देशक कार्कीले बताएका छन्। नेपालीको दैनिकी र यसको सेरफोरो रहेको गीतको भिडियो मार्फत देश र राष्ट्रको माया जगाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *