काठमाडौं, ४ साउन–आर्सनल एफ ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा म्यानचेष्टर सिटीलाई २–० गोलले हराउदै फाइनल प्रवेश गरेको हो। बेम्बली स्टेडिएममा भएको खेलमा आर्सनलका लागि दुवै गोल कप्तान पियरिक ईम्रिक अबुमियाङले गरेका थिए।

पहिलो हाफको १९ औँ मिनेटमा निकोलस पेपेको क्रसको सदुपयोग गर्दै उनले टोलीलाई अग्रता दिलाए। खेलको ७१ औँ मिनेटमा आर्सनलले अग्रता दोब्बर बनाएको थियो। अब आर्सनले उपाधिका लागि चेल्सी र म्यान्चेष्टर युनाइटेडबिचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ। चेल्सी र युनाइटेडबिचको खेल आज राति हुनेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *