एजेन्सी, ४ साउन–स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले दुई गोल गरेका छन् । आइतबार राती अलाभेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ५९० गोलको फराकिलो जित दिलाउन मेस्सीले दुई गोल गरेका हुन् ।
सिजनको अन्तिम खेलमा बार्सिलोनाको सुखद अन्त्यका लागि मेस्सीले दुई तथा युवा स्टार अन्सु फाती, लुइस सुआरेज र नेल्सन सेमेडले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा फातिले गोल गर्दै पाहुना टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले कप्तान मेस्सीको पासमा गोल गरेका हुन् ।
त्यस्तै ३४ औं मिनेटमा मेस्सी रिकुइ पुइगको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन एक मिनेटमा बाँकी रहँदा सुआरेजले गोल गरे । उनले जोर्डी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई पहिको हाफमा ३९० गोलको अग्रता दिलाए ।
दोस्रो हाफमा थप एक गोल सेमेडोले गरे । उनले खेलको ५७ औं मिनेटमा पुइगको पासमा गोल गर्दै ४९० को अग्रता दिलाए । ७५ औं मिनेटमा मेस्सीले अल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ५९० को पारे । त्यसपछि दुबै टोलिबाट कुनै थप गोल हुन नसक्दा खेल बार्सिलोनाले ५९० गोलले जितेको हो ।
यस जितसँगै बार्सिलोनाले लिगको दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोड्यो । पराजित अलाभेसले भने समान खेलबाट ३४ अंक जोड्दै तालिकाको १५ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।
