डडेल्धुरा, ५ साउन–डडेल्धुराका सात स्थानीय तहको १८ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षणको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा यो बेरुजु देखिएको हो। ७ वटै स्थानीय तहहरुको बेरुजु १८ करोड २७ लाख ८ हजार छ। त्यसमध्ये भागेश्वर गाउँपालिकाको मात्रै ५ करोड ४५ लाख ११ हजार रुपैयाँ बेरुजु रहेको देखिन्छ।

भागेश्वर गाउँपालिकाको ६२ करोड ७ लाख ३५ हजार रुपैयाँको लेखापरीक्षण रकममध्ये ५ करोड ४५ लाख ११ हजार रुपैयाँ बेरुजु रहेको छ। कुल लेखापरीक्षण रकमको ८.७८ प्रतिशत रकम बेरुजु रहेको छ। जिल्लाका ७ वटै स्थानीय तहमध्ये भागेश्वर गाउँपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ भने सबैभन्दा कम अमरगढी नगरपालिकाको छ। अमरगढी नगरपालिकाको ०.७१ प्रतिशत रकम बेरुजु छ।

लेखापरीक्षण गरिएको कुल रकम ६९ करोड ८५ लाख ७९ हजार रकममध्ये ४९ लाख ८८ हजार रुपैयाँ बेरुजु छ। आलिताल गाउँपालिकाको ७० करोड ६० लाख ९२ हजार रुपैयाँको लेखापरीक्षण गरिएको र जसमध्ये बेरुजु ४ करोड ३४ लाख ७९ हजार रहेको छ। आलितालको बेरुजु प्रतिशत ६।१६ छ। यस्तै परशुराम नगरपालिकाको ३ करोड ७० लाख ९९ हजार बेरुजु छ।

लेखापरीक्षण रकम १ अर्ब १६ करोड २६ लाख १५ हजारको ३.१९ प्रतिशत बेरुजु छ। नवदुर्गा गाउँपालिकाको कुल लेखापरीक्षण रकम ७३ करोड ४८ लाख ४६ हजारको २.४९ प्रतिशत रकम बेरुजु छ। नवदुर्गा गाउँपालिकाको बेरुजु १ करोड ८२ लाख ९७ हजार छ। अजयमेरु गाउँपालिकाको १ करोड ४९ लाख २५ हजार बेरुजु रहेको छ।

कूल लेखापरीक्षण रकम ७२ करोड ५९ लाख १४ हजार रहेको छ जुन कुल लेखापरीक्षण रकमको २.०६ प्रतिशत बेरुजु छ। गन्यापधुरा गाउँपालिकाको ९४ लाख ९ हजार रुपैयाँ बेरुजु छ। कुल लेखापरीक्षण रकम ५३ करोड ६६ लाख ४ हजारको १.७५ प्रतिशत बेरुजु छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *