विराटनगर, ५ साउन–प्रदेश १ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा एक-एक जनामा संक्रमण देखिएको हो ।
सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्बुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा एक एक जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ ।
प्रदेश १ मा सोमबार ८ जना डिस्चार्ज भएका छन् । कोभिड-१९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर) बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय १० पुगेको छ ।
यसैबीच, प्रदेश १ मा सोमबार ९ सय २८ जनाको कोरोना परीक्षण गरिएको छ । १ सय ८५ महिला र ७ सय ४३ पुरुषको कोरोना परीक्षण भएको हो । हालसम्म ३६ हजार ३ सय ९१ जनाको परीक्षण भएको छ ।
