एजेन्सी (काठमाण्डौं), ५ साउन–कोरोनाभाइरस विरुद्धको खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हासिल गरेको छ। उसले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने सङ्केत पाइएको छ।

उक्त खोपको एक हजार ७७ मानिसमा परीक्षण गरिएको थियो। ती व्यक्तिहरूमा दिइएको खोपका कारण उनीहरूमा ‘एन्टीबडी’ भनिने रोगसँग लड्ने क्षमता विकास भएको पाइएको हो । यसले श्वेत रक्त कोषसँग मिलेर कोरोना भाइरससँग लड्ने देखिएको छ।

यसले ठूलो आशा जगाएको छ। तर अझै यसलाई ठूलो समूहमा परीक्षण जारी राखिएको छ। ब्रिटिश सरकारले यसको १० करोड डोजको माग अर्डर दिइसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *