काठमाडौं, ७ साउन–एसइई परीक्षाको आन्तरिक मूल्यांकन गरिएको प्राप्तांक अहिले धमाधम रुजु गर्ने काम भइरहेको छ। देशभरका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको आन्तरिक मूल्यांकनको प्राप्तांकको हार्डकपी धमाधम रुजु गर्ने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए।

अध्यक्ष पौडेलले स्कुलले मूल्यांकन गरी पठाएका नम्बरको हार्डकपीको रुजु गर्ने काम भइरहेको बताए। ‘विद्यालयले विद्यार्थीहरूको आन्तरिक मूल्यांकन गरी डाटा पठाएका हुन्छन्,’उनले भने,‘ती डाटामा भएको मार्कको हार्डकपीको रुजु गर्नुपर्छ। त्यही काम अहिले धमाधम हुँदै छ।’ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर (कक्षा १०) का परीक्षा नियन्त्रक राम राजन खकुरेलका अनुसार अहिलेको बाढीपहिरोका कारण विभिन्न जिल्लाको आन्तरिक मूल्यांकनको हार्ड कपी ल्याउन भने समस्या भएको छ। त्यसैले सबै काम सकाउन केही समय भने ढिलाइ हुने उनको भनाइ छ।

सरकारले कोरोना महामारीका कारण यस वर्षको एसइई परीक्षा नगराई आन्तरिक मूल्यांकनबाट गराउने निर्णय गरेको थियो। खकुरेलका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनको लागि डाटा आउनुपर्ने छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *