एजेन्सी, ७ साउन–फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले क्लब मैत्रिपूर्ण खेलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकमाथी ४–० गोलको फराकिलो जित निकालेको छ । पीएसजीको जितमा युवा स्टार केलियन एमबाप्पे, नेयमार, आन्द्रे हेरेरा र पाब्लो साराबियाले एक एक गोल गरे ।

खेल सुरु भएको पहिलो मिनेटमा नै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै, २५ औं मिनेटमा नेयमारले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा सोल्टीकमाथी २–० गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

दोस्रो हाफ सुरु भएको तीनमिनेट नबित्दै हेरेराले गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गर्दै पीएसीलाई ३–० गोलले अगाडि बढाए । त्यसपछि ६७ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई मैत्रिपूर्ण खेलमा ४–० गोलको फराकिलो जित दिलाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *