हेटौंडा, ७ साउन–मंगलबार प्रदेश राजधानी रहेको हेटौंडामै तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको भोलिपल्ट उक्त तुइन हटाइएको छ। बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बुधबार बिहानै तुइन हटाउन हेटौंडा उपमहानगरपालिकालाई निर्देशन दिएका थिए।

तुइनबाट खसेर एक वृद्धको मृत्यु भएपछि आएको समाचारको कारण चौतर्फी सरकारले तुइन विस्थापित गर्न नसकेको विरोध भएको थियो। बुधबार हेटौंडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपानेले तुइन हटाएको जानकारी दिएका हुन्।

बुधबार तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो। तुइन भएको आधा किलोमिटर दक्षिणतर्फ झोलुङ्गे पुल भए पनि स्थानीयले लामो बाटो पर्ने भन्दै उक्त तुइनको प्रयोग गर्दै आएको वडाध्यक्ष न्यौपानेले बताए। तुइन भएको मैनाटार क्षेत्रका बासिन्दाले उक्त स्थानमा पुलको माग गर्दै आएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *