काठमाडौं, ८ साउन–लिभरपुलले चेल्सीलाई हराउँदै ३० वर्षपछि इङ्लिस प्रिमियर लिग फुटबलको ट्रफी उचालेको छ। गएराति भएको खेलमा लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई ५–३ गोलले हरायो । लिभरपुलको जितमा नाबी केइटा, ट्रेन्ट अलेक्जेण्डर अर्नोल्ड, जर्जिनो विज्नाल्डम, रोबर्टो फिर्मिनो र ओक्स्लेड च्याम्बर्लिनले गोल गरे।

त्यस्तै पराजित चेल्सीका लागि ओलिभर जिराउड, टम्मी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे। यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदानमा चेल्सीलाई हराउँदै उपाधि ट्रफी उचालेको हो। गएरातिको जितसँगै लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १८ अंकले अगाडि रहेको छ। उसको ९६ अंक पुग्दा सिटीको ७८ अंक छ। ६३ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ।

प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीसँगै युनाइटेडले ६३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। वेस्ट ह्याम ३८ अंकसहित १५ औँ स्थानम

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *