सप्तरी, ८ साउन–आफ्नै २७ वर्षीया पत्‍नीलाई मट्टितेल छर्किएर आगो लगाएको अभियोगमा सप्तरी सुरुंगा नगरपालिका ३, दौलतपुरका २९ वर्षीय दिपेन सदालाई प्रहरीले पक्राउ गरेको छ ।

सदाले आफ्नै पत्‍नीलाई आगो लगाई घाइते बनाएको भन्‍ने सूचना पाएपछि प्रहरी चौकी लक्ष्मीपुर र इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारको धरान घोपातर्फ लगिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *