काठमाडौं, ९ साउन–पर्सामा पाँच जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच थुनुवा मध्ये चार भारतीय नागरिक रहेका छन्। नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपध्यायले जानकारी दिए। पाँच मध्ये ४ जना भारतीय हुन्। उनीहरु ३ जना बिहार र १ जना उत्तर प्रदेशका छन्।

चार भारतीय अवैध तरिकाले नेपाल छिरेका र उनीहरुलाई प्रहरीले समातेर हिरासतमा राखेको र उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए। अन्य अधिकांश भने कन्ट्राक ट्रेसिङमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघ पर्साले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ। संघका सचिव डा उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन्। कोरोना संक्रमित भेटिएका कारण एडभान्स अस्पताल पूर्ण रुपमा बन्द भईसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *