एजेन्सी (काठमाडौं), ९ साउन–अमेरिकाले ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। अमेरिकामा बसेर गोप्य रूपमा चिनियाँ सेनाका लागि काम गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अमेरिकाले आरोप लगाएको छ।

त्यस्तै सान फ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा काम गर्ने अर्का एक व्यक्तिलाई पनि पक्राउ गर्ने तयारी रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। अमेरिकी न्याय विभागका अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले आफूहरूले चिनियाँ सेनाका लागि काम नगरेको दाबी गरेका छन्।

अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका कैयौं मानिससँग सोधी खोजी गर्दा अधिकांशले चिनियाँ सेनासँग पक्राउ परेका व्यक्तिहरूको ‘अघोषित सम्बन्ध’ रहेको बताएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *