काठमाडौं, ९ साउन–इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस उडिनेससँग २–१ गोलले पराजित भएको छ। गएराति भएको खेलको ४२ औं मिनेटमा युभेन्टसका म्याथिस डी लिग्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा युभेन्टसले दुई गोल खायो। घरेलु मैदानमा उडिनेसका लागि ५२ औं मिनेटमा लिजा नेस्टोरोभ्स्कीले गोल गर्दै खेल बराबरीमा पुर्याए। इज्युरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेसलाई जित दिलाए।

अप्रत्यासित हार भोगेसँगै उपाधिका लागि युभेन्टसले अर्को खेल कुर्नुपर्ने भएको छ। यो खेल जितेको भए तीन खेल अगावै युभेन्टसले उपाधि सुनिश्चित गर्ने थियो। शीर्ष स्थानको युभेन्टसको ८० अंक छ। दोस्रो स्थानको एटलान्टाको ७४ अंक छ भने ७३ अंकसहित इन्टरमिलान तेस्रो स्थानमा रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *