पथरी, १० साउन–केराबारी गाउँपालिकामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। केरोबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई राम्रोसँग बोल्न नसक्ने र शरीरको एउटा पाटो नचल्ने किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।

अपाङ्गता भएकी ती किशोरीलाई रामकुमारले १० रुपैयाँ दिने प्रलोभन देखाएर बालत्कार गरेको प्रहरीले बताएको छ। स्थानीयले दिएको जानकारीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। रामकुमारले ती किशोरीलाई ललाईफकाई खेतमा लगेर बिहीबार दिउँसो ४ बजेतिर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

पीडित किशोरीका अभिभावकले रामकुमारविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका छन्। उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *