काठमाडौं, १० साउन–सुनको भाउ एक लाख नजिक पुगेको छ। तीन दिनदेखि लगातार बढेको सुन आज फेरि १३ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्यमा प्रति तोला १३ सयले बढेको हो।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९५ हजार ८ सय पुगेको छ। यस अघि हिजो प्रति तोला ९४ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै, तेजावी सुनको मुल्य प्रति तोला ९५ हजार ३६५ पुगेको छ। चाँदीको मुल्यमा पनि वृद्धि भएको छ।

आज प्रति तोला ५ रुपैयाँले बढेर ११५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *