काठमाण्डौं, १० साउन–नयाँ पार्टी दर्ता प्रक्रियामा प्रधानमन्त्री ओलीको संलग्नता रहेको उनको कार्यशैलीबाटै देखिएको नेकपा प्रमुख सचेतक देव गुरुङ बताउँछन्। ‘पार्टीभित्र विवाद चर्किरहेको बेला निर्वाचन आयोगमा एमाले पार्टी दर्ता प्रक्रिया अघि बढेको छ।
तर, पार्टीभित्र कुरा उठेपछि उहाँ छलफलमा आउनुहुन्न’ उनले थाहाखबरसँग भने, ‘उहाँको कार्यशैलीबाट नै एमाले नामको पार्टी दर्ता प्रकृयामा उहाँको संलग्नता रहेको आशंका बढेर गएको छ।’
पार्टीभित्रको आन्तरिक विषय छलफलमार्फत समाधान गर्नुको साटो थप विवादमा धकेल्ने काम भइरहेको उनले आरोप लगाए। ‘पार्टी अहिले संकटको अवस्थामा पुगिसकेको छ, तर प्रधानमन्त्री ओलीले सहमतिको प्रयास समेत गर्नुभएको छैन।
