काठमाण्डौं, १० साउन–नेकपा एमाले दर्ता प्रक्रियामा प्रधानमन्त्री ओलीको कुनै संलग्नता नरहेको नेकपा केन्द्रीय सदस्य महेश बस्नेत बताउँछन्। ‘पार्टीभित्रको विवादको क्रममा निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढेकोले त्यस्तो आरोप लागेको हुनसक्छ। तर, प्रधानमन्त्री ओलीको कुनै संलग्नता छैन,’ उनले भने।

‘शीर्ष नेताहरूले कुरै नबुझिकन हचुवाको भरमा जे पायो त्यही बोल्दै हिँड्दा पार्टी एकता संकटमा पुगेको छ, हामी पार्टी एकता बलियो बनाउने पक्षमा लागेको छौँ,’ उनले थपे, ‘नेकपा नेताहरूमा अवसरवादी चरित्र हावी भएको छ, नेकपा माओवादी दर्ता हुँदा अध्यक्ष प्रचण्डले गर्न लगाएको भन्ने, यता एमाले दर्ता गर्दा ओलीले गर्न लगाएको भन्ने१ यस्तो आरोप-प्रत्यारोप गरेर बस्दा पार्टी कमजोर हुन पुग्छ। अरुलाई फाइदा पुग्छ, त्यही भएर हामी सहमति र सहकार्यमा एकता बलियो बनाउन लाग्नुपर्छ।’

नेकपा एमाले दर्ता गर्नेहरूलाई हेर्दा एमालेलाई माया गर्नेहरूले पार्टीलाई बचाइराख्न पर्छ भन्ने भएर दर्ता प्रक्रिया अघि बढाएको देखिएको, तर हालको अवस्थामा नेकपा एमाले दर्ता अघि बढ्नुमा ओलीको संलग्नता नरहेको बस्नेतले दावी गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *