धरमपुर, १० साउन–झापाको शिबसताक्षी–१ मा आज सम्पन्न आदिवासी जनजाति महासंघ वडा समन्वय समितिको दोस्रो अधिवेशनले किराती बिबेक सुनुवारको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । धरमपुरस्थित शुक्रबारे बजारमा शनिबार भएको अधिवेशनले बिबेक सुनुवारको अध्यक्षतमा नौ सदस्सीय आदिवासी जनजाति महासंघ शिबसताक्षी–१ वडा समन्वय समिति गठन भएको हो । सुनुवार यसअघि, समितिको सचिव हुन् । उनी आदिवासी जनजातिको पक्षमा लामो समयदेखी क्रियाशिल छन् ।
समितिको उपाध्यक्षद्धयमा ध्रुब प्रधान (नेवाःनेय दबु), मोतिलाल भुजेल (भुजेल समाज सेवा), सचिवमा लवकुमार तामाङ (तामाङ घेदुङ संघ), कोषाध्यक्षमा चित्रकला मगर (नेपाल मगर संघ) छन् । त्यस्तैं, सदस्यहरुमा सुफल हेमरम (सन्थाल उत्थान संघ), सन्तवीर माझी (माझी उत्थान संघ) अर्जुन राई (किरात राई यायोक्खा) र अविशेक नेम्बाङ किरात याक्थुम चुम्लुङ) छन् ।
वडा समन्वय समितिका अध्यक्ष नेत्र नेम्बाङको अध्यक्षतमा अधिवेशन भएको थियो । सो अधिवेशनमा शिबसताक्षी–१ का वडा सदस्य मनबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता र आदिवासी जनजाति महासंघ शिबसताक्षी नगर अध्यक्ष मणिकुमार माझीको बिशिष्ट आतिथ्यता रहेको थियो । सो कार्यक्रममा अध्यक्ष नेम्बाङले वडा समन्वय समितिद्धारा सम्पन्न प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशनको उद्घाटन कार्यक्रममा महासंघ नगर समन्वय समितिका उपाध्यक्ष भीमबहादुर सुनुवार, उपाध्या धनबहादुर राई, सचिव नबिन लामा, सहसचिव देबीबहादुर (प्रताप) निङलेकु, किरात राई यायोक्खा शिबसताक्षी-१, २ र ३ का अध्यक्ष प्रेम दुमी राई, तामाङ घेदुङ संघ शिबसताक्षी-१ का अध्यक्ष पेमा तामाङ, याक्थुम चुम्लुङ शिबसताक्षी-१ अध्यक्ष दुर्गाबहादुर चेम्जोङ, धरमपुर बजार व्यबस्थापन समिति अध्यक्ष एबम् व्यवसायी लीलाबहाुदर जोशी, महिला नेत्री एबम् बुद्धिजिवी जयकुमारी चेम्जोङ, समिर योङहाङ, दिल सेरेङको उपस्थिति थियो ।
