काठमाडौं, ११ साउन–इटालियन सिरी ए फुटवलमा इन्टर मिलानले जिओनालाई ३–० गोलले पराजित गरेको छ। गएराति जिनोआको घरेलु मैदानमा भएको खेलमा रोमेलु लुकाकुले दुई र एलेक्सीस सान्चेजले एक गोल गरे।
लुकाकुले पहिलो हाफको ३४ औँ मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। खेलको ८३ आँै मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० को सहज जित दिलाए।
जितपछि इन्टरले ३६ खेलमा ७६ अंक जोडेको छ। एटलान्टालाई एक अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको छ। जिओना ३६ अंकका साथमा १७ औँ स्थानमा छ।
यस्तै, गएराति नै भएको अर्को खेलमा पर्माले ब्रेसियालाई २–१ ले हराएको छ।
