जनकपुरधाम, ११ साउन–दाहसंस्कार गर्न चितामा राखिसकेको एक वृद्धको शव प्रहरीले नियन्त्रणमा लिएको छ। बटेश्वर गाउँपालिकाको बडरी खोलामा दाहसंस्कार गर्न लागेको वडा नम्बर २ का ८० वर्षीय रामविलास ठाकुरको शव प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

स्थानीयले हत्या भएको सूचना दिएपछि शव नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए। कुटपिट गरी ठाकुरको हत्या गरेको र अपराध लुकाउन हतार हतार शव जलाउन लागेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए। तर, मृतकका परिवारले शुक्रबार राति लडेर गम्भीर घाइते भएपछि उपचारका लागि स्थानीय क्लिनिकमा लगेको र उपचारकै क्रममा मृत्यु भएको दावी गरेका छन्।

नियन्त्रणमा लिएको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको प्रहरी निरीक्षक नायकले बताए। घटनाबारे अनुसन्धान सुरु गरिएको उनको भनाइ छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *