काठमाडौं, ११ साउन–नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका पुष्करनाथ ओझालाई पाँचवर्षका लागि पार्टीबाट निस्कासित गरेको छ ।

नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको समितिले दुई नेतालाई पाँचवर्ष कांग्रेसबाट निस्कासित गर्ने निर्णय गरेको हो ।

अर्का डडेल्धुराका नेता रामबहादुर विष्टलाई ३ वर्षका लागि पार्टीबाट निस्कासित गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ । निर्वाचनका बेला आफ्नै पार्टीका उमेदवारलाई असहयोग गरेको आरोप उनीहरुमाथि थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *