झिलझिले, ११ साउन– झापा र इलामको सीमा क्षेत्र चुरे घाँटीमा अवस्थित पूर्वको प्रसिद्ध धामीक तथा पर्यटकीय क्षेत्र सताक्षीधामको मुहारमा परिर्वतन हुदै आएको छ । शिबसताक्षी नगरपालिकाको वडा नं ११ को झिलझिले उत्तरमा पर्ने यो धार्मीक तथा पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका निम्ति स्थानीयतह, प्रदेश र संघीय सरकार मार्फत विभिन्न योजनाहरु पर्न सफल भएसँगै सताक्षीधामको मुहारमा परिर्वन देखिएको हो ।
आर्थिक वर्ष २०७६/०७७ धाम परिसरमा शिवसताक्षी नगरपालिकाकाबाट विनियोजित २५ लाखको लागतमा पार्केटिङ्ग टायल्स विछ्याईएको छ ।
नेपाल सरकारबाट विनियोजित ५२ लाखको लागतमा बुद्ध पार्कमा जाने सतासी खेलामा पुल र धाम परिसरबाट गौशालासम्मको क्षेत्रमा दुवै पट्टी ड्रेनसहित पार्किेटिङ्ग टायल्स विछ्याइएको छ । भक्तजन तथा पर्यटकलाई बुद्ध पार्कसम्म जानको लागि ट्रस्टको पुल बनाइएको छ ।
त्यस्तै, सताक्षीधाममा अतिथि भवन पनि निर्माण भइरहेको छ । प्रदेश सरकारको २५ लाखको लागतमा १ तले अतिथि भवन निर्माण भएको हो ।
आव २०७६/०७७ का लागि २५ लाखबाट निर्माण सुरु गरिएको प्रदेश सांसद झलकसिं दर्लामी बताए । उनले चालु आवमा पनि प्रदश सरकारबाट बजेट विनियोजन भएकाले सोही भवनसँग जोडेर बनाइने जानकारी दिए । क्रमागत रुपमा बजेट निकासा हुने भएकाले केही वर्ष भित्रमा भवनलाई ४ देखि ५ तलासम्म बनाउन सकिने सांसद दर्लामीले जनाकारी दिए ।
हाल सताक्षीधाममा रहेको द्वादश ज्योर्तिलिङ्गको अग्रभावमा वाल तथा गेट निर्माणको काम पनि धामधाम भइरहेको छ ।
पछिल्लो समय धाममा विकासको गतिसँगै धाम सुन्दर र हेर्न लायक बनेको सतासीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बा बताँछन् । कोरोना भाइरसको जोखिमका कारण केही महिना भक्तजनको आगमन ठप्प भएपनि गएको सोमबार शिवजीको मन्दिर जल चढाउन भने भक्तजनको राम्रै उपस्थिति रहेको अध्यक्ष सुब्बाको भनाई छ । श्रावण महिनामा धाममा जल चढाउने भएकाले भक्तजनको उपस्थिति बढेको हो ।
सतासीधामबाट झिलझिले, ढुंगेलचोक हुँदै होकलबारीसम्मको बाटो कालो पत्रेका लागि गएको आ।व।मा नै काम सुरु भएकाले अब केहीसमय पश्चात सताक्षीधाम जानका लागि पनि बाटोको समस्या समाधन हुने देखिन्छ ।
विगतका वर्षहरुमा धाममा विकासको काम नदेखिए पनि गएको वर्षमा भने सताक्षीधाम उलेख्य काम भएको देखिएको छ ।
