दमक, ११ साउन–झापाको क्याम्पा बजारमा तोपगाछीको ऐतिहासिक पहिचान झल्कने तोप र गाछीका प्रतिकसहितको स्तब्भको उद्घाटन गरिएको छ । कमल गाउँपालिका २ क्याम्पा बजारमा गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु शिवाकोटीले संयुक्त रूपमा गरेका हुन् ।

स्तम्भ निर्माण स्थानिय युवाको पहलमा कमल गाउँपालिका तथा विभिन्न दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएको निर्माण समितिका सचिव कुमार बस्नेतले जानकारी दिए ।

स्तम्भ निर्माणले क्याम्पा बजारमा आकर्षण बढ्ने रे ऐतिहासिक झल्को झल्काउने काम भएको छ । स्तम्भले पछिल्ला पिडीलाई तोपगाछीको ऐतिहासिक क्षेत्रका बारेमा थप जानकारी दिने समेत स्थानिय बुद्धिजिवी बिष्णु निरौलाले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *