जीवनसिंह राजवंशी/शिबसताक्षी, ११ साउन–झापाको शिवसताक्षी नगरपालिकामा कनकाई नदीमा आएको बाढीबाट क्षतिग्रस्त कटान क्षेत्रमा आज सरोकारवालारुले अनुगमन गरेका छन् । आईतबार झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को शिवगञ्ज पुरानो बजार, वडा नम्बर ५ को भेलामनी लगायतका स्थानमा झापा क्षेत्र नं ४ का (क) प्रदेश सांसद झालकसिंह दर्लामी, (ख) हिरा थापा, जिल्ला समन्वय समिती झापाका संयोजक सोमनाथ र्पोर्तेल लगायतको टोलीले अनुगमन गरेका हुन् । टोलीमा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रसासकीय अधिकृत गिता कुमारी राई, झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेबी बुढाथोकी,

विगतका केही दिन यता अविरल बर्षसँगै आएको कनकाईको बाढीले दक्षिणी भेगका क्षेत्रमा डुबान तथा कटान तिब्र भएपछि अनुगमन गरिएको हो । अनुगमनको क्रममा क्षति न्युनिकरणका लागी पा्रविधिकसहितको टोलीले अनुगमन गरीएको हो ।

कनकाई नदीको पानिको वहाब झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाको मध्यभागबाट बहने गरेको छ । दुबैतर्फ नदी कटान तथा बाढीको समस्या उस्तै छ । दुबै पालिकाबाट सहमतीका साथ नदीलाई बीचबाटै च्यानलिङ्ग गर्नुपर्ने अनुगमनमा सहभागिहरुले जोड दिएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *