काठमाडौं, १२ साउन–इटालियन सिरी ‘ए’ फुटबलको उपाधि युभेन्टसले जितेको छ। गएराति भएको खेलमा साम्पडोरियालाई दुई शून्यले हराउँदै युभेन्टसले दुई खेल अगाडी नै लिगको उपाधि जित्न सफल भएको हो। यससँगै युभेन्टसले लगातार ९ पटक सिरी ‘ए’ को उपाधिमाथि कब्जा जमाएको छ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले १-१ गोल गरे। सिरी एमा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ। उसले यसअघि आफैले बनाएको कीर्तिमानलाई लम्ब्याएको छ।

उपाधि जित्न २ अंक मात्रै आवश्यक रहेको युभेन्टसले जित निकाल्दै स्पस्ट ३ अंक जोड्यो। उपाधि जितेको युभेन्टसले ८३ अंक बनाएको छ। युभेन्टससँग पराजित भएको साम्पाडोरियाको ४१ अंकमात्रै रहेको छ। लिग अन्तर्गत गएराति नै भएका अन्य खेलमा लाजियोले भेरेनालाई ५–१ ले पराजित गर्‍यो।

यस्तै रोमाले फिओरेन्टिनालाई २–१, उडिनेसले काग्लियारीलाई १–०, बोलोग्नाले लेस्सेलाई ३–२ गोलअन्तरले पराजित गर्दा स्पाल र टोरीनोले १–१ गोलको बराबरी खेलेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *