काठमाडौं, १२ साउन–नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरु अहिले छलफलमा जुटेका छन् । दाहाल निवास खुमलटारमा स्थायी कमिटी सदस्यहरु छलफलमा रहेको एक नेताले जानकारी दिए ।

नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकअघि रणनीति बनाउन नेताहरु छलफलमा जुटेको बताइएको छ ।

दाहाल–नेपाल समूहले केपी शर्मा ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छोड्न दबाब दिएका छन् । ओलीले भने अहिले कुनै पनि हालतमा पार्टी र सरकार दुवै नछाड्ने अडान कायमै राख्दै आएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *