विराटनगर, १२ साउन–मोरङको विराटनगरस्थित विराट नर्सिङ होममा कार्यरत चारजना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पुष्टि गरेका हुन् ।

गत मंगलबार अस्पताल सञ्चालक तथा डा। ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएको थियो । डा।कार्कीलाई संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ्गमार्फत सर्म्पकमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरू मध्ये चार नर्समा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

अन्यको रिपोट नेगेटिभ छ । ‘पहिलो चरणमा ५८ जनाको स्वाब संकलन गरिएको थियो,’ जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने, ‘दोस्रो चरणमा १६९ जना स्वाब लिएको हो ।’

स्वाब संकलन गरिएको मध्ये चार जना नर्समा कोरोना देखिएपछि उनीहरूको सम्र्पकमा रहेका थप २६ जनाको समेत कन्ट्रयाक टेसिङ्ग मार्फत स्वाब संकलन गरिने तयारी गरिएको कार्कीले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *