दमक, १२ साउन–सांसद लालप्रसाद (एलपी) साँवाले बाढीग्रस्त दक्षिणी झापाका स्थानीवासीहरुसँग भेटघाट गर्नुका साथै कनकाई र बिरिङ नदीको कटान-डुवान क्षेत्रको भ्रमणसहित क्षति न्यूनिकरण सम्बन्धी छलफल गरेका छन् । काठमाण्डौबाट आइतबार मात्रै झापा आइपुगेका सांसद साँवा कनकाई र विरिङ नदीमा आएको बाढीले क्षति गरेको दक्षिणी झापाका दर्जनौ गाउँ-वस्तीमा पुगेर पीडितहरुसँग भेटघाट गरेका छन् ।

झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ सदस्य समेत रहनुभएका सांसद साँवाले विरिङ र कनकाई नदीले वर्षेनी तीब्र कटान र डुवान गरेको मदरगाछ, टप्पु बस्ती, सडक वस्ती, मिलन वस्ती लगायतका गाउँ–टोलमा अवोलकन तथा स्थानीयसँग भेटघाट गरेका हुन् ।

सांसद साँवासँगै अवोलकन टोलीमा प्रदेश सांसद हिरा थापा, जनताको तटबन्धको कार्यालयका इन्जिनियर रेन्जी गुरुङ, झापा गाउँपालिकाका जनप्रतिनिधिहरु, राजनीति पार्टीका प्रतिनिधिहरु, सुरक्षाकर्मी, सामाजिक संघसंस्था र सरोकारवालाको सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *