काठमाडौं, १३ साउन–नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो। यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन्।

पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताइन। बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी गरिन। यस्तै, आज ओली-प्रचण्डबीच स्थायी कमिटी बैठक बस्नु अघि छलफल गर्ने छन्।

साउन ९ गतेपछि ओली प्रचण्डबीच छलफल हुन सकेको छैन्। यस अघि हिजो दुई पक्षले स्थायी कमिटीमा रणनीति बनाउन भन्दै हिजो आ–आफ्ना पक्षका नेतासँग छलफल गरेका थिए। प्रचण्ड नेपाल पक्ष खुमलटारमा भेला भएका थिए भने प्रधानमन्त्री ओलीले पनि नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए।

स्थायी कमिटीमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि बैठक प्रभावित हुँदै आएको छ। असार १० गतेबाट शुरु भएको बैठक स्थगित हुँदै आएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *