बस्टन, १३ साउन–अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। टेक्सस राज्यको उत्तरी भागको डेन्टन काउन्टीस्थित उक्त तालमा आइतबार (जुलाई २६) शव निकालिएकी विद्यार्थी २३ वर्षीया अश्मिता खनाल हुन्। खनालको घर काठमाडौं हो।

समाचारमा फरक खालका तथ्य आएका छन्। एउटामा तालमा डुङ्गा ख्याइरहेका बेला लाइफ ज्याकेट नलगाएकी खनालले पौडन हाम फालेको समाचारहरूमा उल्लेख छ भने अर्कोमा उनी डुङ्गाबाट खसेको बताइन्छ। यसबारे थप जानकारी उपलब्ध भइसकेको छैन।

नेपालीको बाक्लो बसोबास रहेका राज्यमा टेक्सस मुख्य पाँचमा पर्छ। पानीसँग सम्बन्धित दुर्घटनामा परेर अमेरिकामा ज्यान गुमाउने नेपालीमुलका मानिसको संख्या बढेको छ। टेक्सस राज्यमा २०१९ जुनमा पूजा थापा, म्यासच्युसेट्स राज्यमा २०१९ जुलाईमा अपूर्व देवकोटा, मेरिल्याण्ड राज्यमा २०२० मेमा आशिष केसी, टेक्सस राज्यमा २०२० जुलाईमा हिकारू गौतम तथा त्रिशरण खत्री आदि पछिल्ला घटनामा परेका व्यक्ति हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *