एजेन्सी, १३ साउन–प्रिमियर लिग क्लब आर्सनलले विलियन भित्र्याउन उनको एजेन्टसँग कुराकानी अगाडि बढाएको बताइएको छ । ‘दी डेली स्टार्स’काअनुसार विलियनका एजेन्ट किया जोराविचनले आर्सनलले विलियन अनुबन्धन गर्नको लागि कुराकानि गरि रहेको बताएका हुन् ।
विलयन हाल चेल्सीका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा पर्दछन् । ब्राजिलियन स्टार खेलाडी सन् २०१३ मा चेल्सीमा अनुबन्धन भएका थिए । उनले चेल्सीका लागि २३४ खेल खेल्दै ३७ गोलगरेका छन् । उनी हाल चेल्सीका लागि महत्वपूर्ण खेलाडी पनि हुन् ।
ब्राजिलका लागि पनि उनले ७० खेल खेल्दै ९ गोल गरेका छन् । विलियनका एजेन्टले डेभिड लुइज आर्सनलमा भित्राउनका लागि पनि महत्वपूर्ण भूमिका खलेको ‘दी देली स्टार्स’मा लेखिएको छ ।
“विलियन यो सिजनको अन्त्यसम्म आर्सनलमा जाने सम्भावना छ । उनले आर्सनलमा जाने चासो पनि देखाएका छन्,” ‘दी डेली स्टार्स’मा लेखिएको छ ।
