काठमाडौं, १३ साउन–नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जना कोरोना संक्रमित निको भएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १२१ जनामा कोरोना संक्रमित निको भएर घर फर्केको बताए ।

योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ । उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२।८ रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *