झिलझिले, १३ साउन–झापाको गौरिगञ्ज-१ माहाभारास्थित रंगियाथान र विश्वाडुब्बाबीचमा रहेको कनकाई नदिमा आएको बाढीले बाँध फुटाएको छ । रंगियाथान र विश्वाडुब्बाको २९ घर परिवार डुवानमा परेका छन् ।

रंगियाँथानमा कन्काई नदीको बाँध फुट्दा होकलबाडीका २९ घर डुबानमा परेका छन् । खोलामा आएको बाढीले रंगियाथान र विश्वाडुब्बाबीचमा करिब २५० मिटर बाँध फुटेको हो ।

खोलाको बाढीले कृषकहरुको ५०औं विघा धानखेती नष्ट भएको छ । कनकाईको बाढी गाउँमा पस्दा ११ घरपरिवार पूर्ण रुपमा विस्तावित भएका छन् ।

उनीहरुलाई स्थानीय इन्द्रेणी प्राथमिक विद्यालयमा राखिएको गौरीगंज गाउँपालिका वार्ड नं। १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए।

बाढीबाट स्थानिय देवनारायण राजवंशी, कृष्ण राजवंशी, तुलाराम राजवंशी, शिवनारायण राजवंशी, दिपक नारायण राजवंशी, जयनारायाण राजवंशी, इन्द्रबहादुर बस्नेतलगायतको खेतमा लगाएको धानबाली नष्ट भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *