बिर्तामोड, १३ साउन–खोलाले बगाउँदा मंगलबार बिहान झापाको बुद्धशान्ति गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

बिहान १० बजेतिर बुद्धशान्ति-३ पिपलबोटे बस्तीका महेश राईका साढे ३ वर्षीय छोरा मौसम राईको स्थानीय हडिया खोलाले बगाउँदा मृत्यु भएको हो । घर बाहिर खेल्ने क्रममा बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी डीएसपी राकेश थापाले जानकारी दिए ।

खोलामा खसेलगत्तै स्थानीयले उद्धार गरी नजिकैको बुधबारे बजारमा रहेको लिभिङ होप पोलिक्लिनिकमा लगेका थिए । उपचारका क्रममा बालकको बिहान १० । ४० बजे मृत्यु भएको डीएसपी थापाले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *