एजेन्सी (पेरिस) १३ साउन–फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन्। दायाँ गोलिगाठोमा चोट लागेका कारण उनी मैदान बाहिर रहने भएका हुन्।

शुक्रबार फ्रेन्च कपअन्तर्गत सेन्ट इटियनविरुद्धको खेलमा एमबाप्पे घाइते भएका थिए। २१ वर्षीय एमबाप्पे डिफेन्डर लोइक पेरिनले फल गरेपछि पहिलो हाफमा मैदान छाड्न बाध्य भएका थिए।

पिएसजीले आगामी जुलाई ३१ मा फ्रेन्च लिग कपको फाइनलमा लियोनसँग खेल्दैछ। यो खेल अब उनले गुमाउने भएका छन्।

यस्तै, अगस्ट १२ मा पोर्चुगलको लिस्बनमा पिएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटालियन क्लब एटलान्टासँग खेल्ने खेलमा उनी हुनेछैनन्।

पिएसजी सेमिफाइनल पुगे एमबाप्पे मैदान फर्कन सक्छन्। एमबाप्पेले पिएसजीका लागि सिजनमा ३३ खेलमा २९ गोल गरेका थिए।

कोरोना भाइरसका कारण फ्रेन्च लिग वान अन्त्य भएपछि पिएसजीलाई उपाधि दिइएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *