काठमाडौं, १४ साउन–विराटनगर अस्पतालमा कार्यरत थप दुईजना चिकित्सकसहित प्रदेश १ मा मङ्गलबार २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा विराटनगरमा मात्र १६ जनामा सङ्क्रमण देखिएको हो।

विराटनगर महानगरपालिका भित्र सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ। विराटनगरमा मङ्गलबार देखिएको १६ जना सङ्क्रमितमध्ये एक जना विशेषज्ञ चिकित्सक हुन्। विराट नर्सिङ होमका सञ्चालक समेत रहेका चिकित्सक डा ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पोजेटिभ देखिएपछि महानगरपालिकाले कट्याक्ट ट्रेसिङ गरी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरूको स्वाब सङ्लकन गरेको थियो।

रिपोर्टअनुसार विराट नर्सिङ होमको रेडियोलोजी विभागका एकजना चिकित्सक र अर्का विराट मेडिकल कलेजका विशेषज्ञ चिकित्सक रहेको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *