काठमाडौं, १४ साउन–इटालियन सिरी ए फुटबलमा इन्टर मिलानद्वारा नापोली २–० गोलले पराजित भएको छ। इन्टरको जितमा ड्यानिलो डि एम्ब्रोसियो र लोउटारो मर्टिनेजले गोल गरे। ड्यानिलोले पहिलो हाफको ११ औँ मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

लोउटारोले ७४ औँ मिनेटमा गोल गरेर टिमलाई २–० ले अग्रता दोब्बर बनाए। खेल अवधीभर नापोलीले गोल गर्न नसकेपछि इन्टरमिलान २–० ले बिजयी भएको हो ।

जितसँगै इन्टरको ३७ खेलबाट ७९ अंक पुगेको छ। नापोली ५९ अंक जोडेर सातौं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा एटलान्टाद्धारा पार्मा २–१ ले पराजित भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *