काठमाडौं, १४ साउन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् ।

उनले बुधबार दिउँसो २ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन् ।

नेता पौडेलले आफैं म्यासेज गरेर आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएको उनीनिकट एक केन्द्रीय सदस्यले पुष्टि गरेका छन् ।

“रामचन्द्र दाइको नम्बरबाट सानेपामा बैठक बस्ने भनेर म्यासेज आएको छ,” ती केन्द्रीय सदस्यले भने, “समसामयिक विषयमा छलफल हुन्छ भनिएको छ ।”

पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रकाशित भइसकेपछि सभापति शेरबहादुर देउवा विभाग विस्तारमा लागेपछि पौडेल समूह रुष्ट छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *