दमक, १४ साउन–कनकाई नदिले बनाउँदा शिवसताक्षीका एक जना बेपत्ता भएका छन् । दाउरा संकलन गर्ने क्रममा एक्कासी बाढीले बगाउँदा शिवसताक्षी वडा नं ४ का २८ वर्षीय कमल मुखिया बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय झापा सुचना अधिकृत राकेश थापाले जानकारी दिए ।

उनलाई दिउसो करिब ३ बजले बाढीले बेपत्ता पारेको हो । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *