काठमाडौं, १४ साउन–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० र ६८ वर्षीय पुरुषहरु रहेका छन् ।

गत साउन ८ गते कोरोना पुष्टि भएका पर्सा ६८ वर्षीय पुरुषको विरगन्जको नारायणी अस्पतालको अस्थायी कोभिड-१९ अस्पतालको आईसीयूमा उपचाररत एकजनाको बुधबार बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक उदयनारायण सिंहले जानकारी दिए । उनलाई मुटुको समस्या देखिएपछि आईसीयूमा राखिएको थियो ।

त्यसैगरी, मंगलबार राति नेशनल अस्पतालमा भर्ना भएका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनलाई बुधबार कोरोना संक्रमण भएको पुष्टि गरेको संयोजक सिंहले जानकारी दिए ।

६० वर्षीय पुरुषलाई श्वासप्रश्वास र मिर्गौलाको समस्या देखिएपछि मंगलबार राति नै अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *