धरमपुर, १४ साउन–झापाको शिबसताक्षी–१ धरमपुर चौकस्थित धरमपुर–पाँचगाछी सडकमा फूलसहित गमला सजाइएको छ । सोही अवसर पारेर बुधबार लाग्ने धरमपुर बजारमा ३ सय थान सर्जिकल मास्क बितरण गरिएको छ ।
धरमपुर बजार व्यवस्थापन समितिले कार्यक्रम आयोजना गरेको हो । फुलको विरुवासहित गमला सजाउने कार्यक्रमको उद्घाटन बजार व्यवस्थापन समितिका अध्यक्ष लिलाकुमार जोशी, सल्लाहकार समितिका संयोजक तथा बुद्धिजिबी चन्द्रबीर नेम्बाङ, शिबसताक्षी नगरकी महिला नेत्री/बुद्धिजिबी जयकुमारी चेम्जोङले गरेका थिए ।

कार्यक्रममा बजार व्यवस्थापन समितिका सल्लाहार संयोजक चन्द्रवीर नेम्बाङले बजारको सरसफाई र बजारको शान्ति सुरक्षा र बजारमा व्यापार व्यवसायको बृद्धिविकासको निम्ति स्थानीयहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले बजारमा ठूलठूला पसल वा व्यवसायहरु मात्रै भएर नहुने भन्दै बजारको सरसफाई, सौन्द्धयर्ता र शान्ति सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए ।
बजार व्यवस्थापन समितिका सचिव एबम् धरमपुरका सुनचाँदी व्यवसायी मोहन सेनचुउरीले कार्यक्रम सञ्चालन गरेको थिए । कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष लिलाकुमार जोशीले पहिलो चरणमा ७ थान फूलसहितको गमला सडकको बीचमा सजाइएको र आागमी दिनमा यसलाई निरन्तरता दिइने बताए ।

सोही कार्यक्रमको अवसर पारेर धरमपुर बजार व्यवस्थापन समितिले बुधबार हाँट बजारमा आउनेहरुलाई मास्क बितरण गरेको छ । बजार व्यवस्थापन समिति अध्यक्ष जोशीका अनुसार जनचेतना मुलक ढंङ्गले बजारमा आउनेहरुलाई सर्जिकल मास्क बितरण गरिएको हो ।
उनले भने–’मास्क लगाएर मात्र हिडदुल गरौं, काम बिशेषले बजार या भिडभाँडमा जादा अनिबार्य मास्कको प्रयोग गरौै भन्ने शन्देश फैलाउन मास्क बितरण गरिएको हो ।’ उनले धरमपुर चौकमा बिट प्रहरीलाई व्यवस्थित ढंङ्गमा राखिएको र राजमार्गको उत्तरतर्फ जङ्गलभित्र रहेको सवै खाले संरचनाहरुलाई हटाइएको बताए ।

यसअघि, बजार व्यवस्थापन समितिले बजारमा रात्रीकालिन सडक बक्ति जडान गरिसकेको छ । त्यस्तैं, बजार क्षेत्रमा सीसि क्यामेरा जडान गरिन लागेको बजार व्यवस्थापन समितिका सदस्य नेत्र नेम्बाङले जानकारी दिए ।
धरमपुर चौकहुदै दक्षिणी पाँचगाछी, माहाभारासम्म जोड्ने सडक भएकोले धरमपुरमा निमाणधिन महिलामैत्री तथा अपाङ्गमैत्री सार्वजनिक सौचालय निर्माण कार्यलाई सम्पन्न गरिने बजार व्यवस्थापन समितिका सदस्य एबम् सार्वजनिक सौचालय निर्माण समितिका सचिव नेम्बाङले बताए ।
कार्यक्रममा धरमपुर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कुमार शंकर, स्थानीयवासी पृथ्बी बोहोरा, व्यवसायी रामगोपाल राई लगायतको उपस्थिति थियो ।
कार्यक्रमको समापन गर्नुहुदै बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीले फूलसहितको गमला राख्ने अभियानमा सहयोग गरिदन आग्रह गरे । उनले बजार हामी सवैको हो, बजारको विकासमा हामी सवैको जिम्मेवारी र दायित्वबोध गरिदन बजारवासी र स्थानीयवासीसँग अपिल गरेका छन् ।

