जीवनसिंह राजवंशी शिबसताक्षी, १४ साउन–सतासीधाम जेसिस सप्ताह २०२० अन्र्तगत झापाको शिवसताक्षी–६ शिवगञ्जमा सकारात्मक सोच कार्यक्रम सम्पन्न भएको छ । युवाहरुमा नकारात्मक सोचका कारण उत्पन्न समस्यालाई रोकथाम गर्ने उद्धेश्यले बुधबार शिवगञ्जस्थित जनआदर्श मावीमा सकारात्मक सोच कार्यक्रम सम्पन्न भएको हो ।
पब्लिक स्पिीकर जेसी बद्री कार्कीद्धारा सहजीकरण गरीएको कार्यक्रममा ५० जना बढीको सहभागीता रहेको थियो ।
प्रमुख अतिथी शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज कार्कीले यस्ता कार्यक्रमले युवाहरुमा सकारात्मक सोचसँगै सकारात्मक बाटोतर्फ कोसेढुङ्गा साबित हुने बताउनुभयो । जेसी बिश्व बिक्रम दाहालको संयोजकत्वमा भएको कार्यक्रममा शिवसताक्षी उद्योग बाणीज्य संघका अध्यक्ष भोला मैनाली शिवसताक्षी रेडक्रस सोसाईटीका सभापती नारायण दाहाल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमलाई वडा नम्बर ६ र विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए ।
यस्तै, सतासीधाम जेसिस सप्ताह २०२० अन्र्तगत नगरको वडा नम्बर ७ लालझोडामा नेतृत्व सम्बन्धी तालिम पनि सम्पन्न भएको छ । युवाहरुमा नेतृत्व तथा व्यक्तीत्व बिकासमा अघि बढाउने उद्धेश्यले लालझोडा स्थित भानु मावीमा कार्यक्रम संचालन गरीएको हो । जेसी राजेश खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जेसिजका विभिन्न वक्ताहरुले सहजिकरण गरेका थिए ।
सतासीधाम जेसिस सप्ताह २०२० अन्र्तगत नगरभरी विभिन्न कार्यक्रमहरु संचालन भईरहेका छन् । बिहिबार सतासीधाम जेसिस सप्ताह २०२०को औपचारीक रुपमा समापन गरीने सतासीधाम जेसिस बर्ष २०२० का अध्यक्ष जेसी कुमार सिंह सावाले जानकारी दिनुभयो ।
