काठमाडौं, १५ साउन–लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँ महंगो भएको छ। आज छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन हिजो तोलाको ९८ हजार ५ सय रुपैयाँ थियो। कोभिड १९ को महामारीका कारण लगानीका विभिन्न क्षेत्र बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा लगानी बढाएपछि भाउ बढेको व्यवसायीको भनाइ छ। मूल्य बढेपछि नेपाली बजारमा भने सुनका गरगहनाको कारोबार ठप्पजस्तै छ।

आज चाँदीको मूल्य स्थिर छ। आज पनि चाँदीको भाउ तोलाको १२ सय २५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *