काठमाडौ, १५ साउन–स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोशी अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ। ओपिडीका इञ्चार्जसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो।
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टाइन र १२ जनालाई स्थानीय एक होटलमा निगरानीमा राखिएको अस्पताल प्रशासनले जनाएको छ।
पछिल्लो समय अस्पतालमा दैनिक ६ सय बढि बिरामी आउने गरेका थिए। ओपीडी सेवा बन्द भएपनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन।
