काठमाडौं, १५ साउन–इटलियन सिरी ए लिग विजेता युभेन्टस १३ औँ स्थानको काग्लियारीसँग पराजित भएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २–० गोलले पराजित गर्यो। उसको जितमा लुका गाग्लिआनो र जिओभानी सिमेओनले १–१ गोल गरे।

पराजयसँगै युरोपेली फुटबलमा सबैभन्दा बढी गोल गर्ने क्रिस्टियानो रोनाल्डोको लक्ष्य भने टुटेको छ। लिगको ३७ औँ खेलमा काग्लियारीसँग पराजय भोगे पनि युभेन्टस् दुई खेल अगावै विजेता बनेको थियो। उसको ८३ अंक छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७९ अंक छ।

युभेन्टसलाई पराजित गरेको काग्लीअरीको ४५ अंक पुगेको छ। गएरातिको अन्य खेलमा मिलानले साम्प्दोरिया, लाजियोले ब्रेसिया तथा रोमाले टोरिनोलाई पराजित गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *