जीवनसिह राजवंशी चन्द्रडाँगी, १५ साउन–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ ले वडाबासीहरुलाई निशुल्क बिरुवा बितरण गरेको छ ।.नाँसहुँदै गएको बोट=बिरुवा तथा वनजङ्गलका कारण वातबरण तथा पर्यावरणमा परेको नकारात्मक असरलाई न्यूनिकरण गर्ने उद्धेश्यले बिरुवा बितरण गरीएको हो ।

रतुवामाई बृक्षारोपण आयोजनाको सहयोगमा प्रदान गरीएको बिरुवाहरुमा टिक जातका १५ हजार, मसला जातका १५ सय र तेजपत्ता जातका १ सय बिरुवा बितरण गरीएको थियो । बिहिबार वडा नम्बर ७ को कार्यालय परीसरमा बिरुवा बितरण गरीएको हो ।

बिरुवा बितरण कार्यक्रमले शुन्दर र स्वच्छ पर्यावरणमा टेवा पुग्ने वडा अध्यक्ष ईज्जमले बताउनुभयो । वडाले प्रति व्यक्ती २ सय २५ बिरुवा प्रदान गरीएको र २ सय २५ भन्दा बढी बिरुवा आवस्यक्ता परेमा वडाको सिफारीस लिएर रतुवामाई बृक्षारोपण आयोजनाको कार्यालयमा सम्पर्क गर्नु पर्ने वडाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *