शिबगञ्ज, १५ साउन–गाउँमा स्वास्थ्य सम्बन्धी चेतना र स्वास्थ्य सेवाका प्रारम्भिक अभियान सञ्चालन गरिरहने शिबसताक्षी–६ शिबगञ्ज वडा कार्यालयले महिला स्वास्थ्य स्वम्सेविकाहरुलाई झोला र छाता वितरण गरेको छ ।
वर्षातको समयमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई काम गर्न सहजहोस भन्दै वडा कार्यालयले झोला र छाता वितरण गरिएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार यसअघि, वडा कार्यालयले स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकल वितरण गरिसकेको छ ।
नगरमै उत्कृष्ट र प्रशषनीय कार्यहरु गर्दै आएका वडा अध्यक्ष कार्कीको चर्चा फेरी अर्को थपिएको छ । उनले वडामा विना तलव र सेवा सुबिधा काम गर्ने महिला स्वास्थ्य स्वयम् सेविकाहरुको कार्यलाई सम्मान गरेका छन् ।
वडा अध्यक्ष कार्कीका अनुसार साविकः शिबगञ्ज गाविसको वडा नं १, २ र ३ लाई समायोजन गरेर शिबसताक्षी नगरपालिका वडा नं ६ भएको हो । आज, शिबगञ्जस्थित वडा कार्यालयमा एक कार्यक्रमबीच वडाका तीन जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई झोला र छाता वितरण गरिएको हो । वडा अध्यक्ष कार्कीको अध्यक्षतामा सामाग्री वितरण कार्यक्रम भएको थियो ।
सामाग्री पाउने स्वयम्सेविकाहरुमा गायात्रा मैनाली, कमला गुरागाई र देबी चौहान ताजपुरिया छन् । यसअघि, साइकल पाएका उनीहरुले झोला र छाता पाएपछि खुशी व्यक्त गरेका छन् ।
कार्यक्रममा वडा सदस्य उषादेबी खड्का, लक्ष्मी गुरागाई, बद्रीनाथ खनाल, वडा सदस्य र वडा सचिव नवराज घिमिरे लगायतको उपस्थिति थियो ।
