काठमाडौं, १५ साउन–वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको छ ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।’
