काठमाडौं, १६ साउन–कुवेतले नेपालीहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। भोलिदेखि अन्तर्राष्ट्रिय उडान सूचारु गर्न लागेको कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

हिजो बसेको कुवेत सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, ईरान र फिलिपिन्सका नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। अन्य देशका नागरिक भने कुवेत आवतजावत गर्न पाउनेछन्। कुवेतले कोरोना भाइरसको महामारीका बीच गत मार्च महिनादेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।

नेपालमा कोरोना भाइरसको जोखिम उच्चस्तरमा रहेका कारण कुवेतले यस्तो निर्णय गरेको हो। कुवेतमा हिजोसम्म ६५ हजार ९ सय भन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भएको छ । ५६ हजार ४ सय ६७ जना निको भएर घर फर्किएका छन् भने ४ सय ४४ जनाको मृत्यु भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *